झापा–४ मा एमालेका साँवा विजयी

काठमाडौं । झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा ९(एमाले) का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी हासिल गरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् । साँवा २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।
यसैगरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत पाएका छन् । एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार ६४७ मत बदर छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया