धादिङ-१ को (२) मा शालिकराम जम्कट्टेल विजयी
काठमाडाैं । धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल विजयी भएका छन् । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन् ।
यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कूल ३५ हजार नौ सय पाँच मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ हजार नौ सय तीन मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार चार सय ७८ मत प्राप्त गरेका छन् ।
जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसकेका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया