झापा-४ (१) मा एमालेका खनाल विजयी

झापा । झापा क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एमाले)का राधाकृष्ण खनाल निर्वाचित भएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार खनालले १३ हजार नौ सय ५१ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का झलकसिंह दर्लामीले १२ हजार तीन सय ७३ मत प्राप्त गरेका छन् ।
झापा क्षेत्र नं ४ को प्रदेशसभा १ मा ३२ हजार दुई सय ५६ मत खसेकामा एक हजार छ सय सात मत बदर भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया