NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

कैलाली-२ (१) मा कांग्रेसका शाह निर्वाचित

कैलाली । कैलाली निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका कमलबहादुर शाह विजयी भएका छन् । उनले १० हजार चार सय ३३ मतका साथ विजयी प्राप्त गरेको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रतनबहादुर थापाले आठ हजार सात सय ७५ मत प्राप्त गरे । नेकपा (एमाले) का कमलाकुमारी ओलीले आठ हजार ८२ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले दुई हजार एक सय ३६ मत प्राप्त गरेका छन् । कुल ३१ हजार आठ सय २६ मत खसेको प्रदेशसभामा एक हजार सात सय ७८ मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष