कपिलवस्तु–३ (२) मा राप्रपा विजयी
काठमाडौं । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी भएका छन् ।
यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले पराजित गरेका हुन् ।
यादवले आठ हजार पाँच सय ८२ मत पाउँदा खाँले सात हजार नौ सय सात मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार छ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया