सोमालियामा अल-शबाबका १५ लडाकू मारिए
एजेन्सी । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकू मारिएका छन्।
सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल-शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो।
‘अल-शबाबले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब शहरमा भएको लडाईमा भारी पराजय भएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
त्यसैगरी सेनाले तीन कार बम पनि नष्ट गरेको छ । असफल आक्रमणको क्रममा दर्जनौं लडाकुहरूलाई मारिएका छन् भने यो क्षेत्र अब पूर्ण रूपमा सरकार र स्थानीय सेनाको नियन्त्रणमा छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया