सोमालियामा अल-शबाबका १५ लडाकू मारिए
एजेन्सी । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकू मारिएका छन्।
सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल-शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो।
‘अल-शबाबले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब शहरमा भएको लडाईमा भारी पराजय भएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
त्यसैगरी सेनाले तीन कार बम पनि नष्ट गरेको छ । असफल आक्रमणको क्रममा दर्जनौं लडाकुहरूलाई मारिएका छन् भने यो क्षेत्र अब पूर्ण रूपमा सरकार र स्थानीय सेनाको नियन्त्रणमा छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया