NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कालीकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । कालीकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् ।

कालीकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबीच गठबन्धन भएको थियो । गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही तथा प्रदेशसभा (१) मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका हुन् ।

माओवादी केन्द्रका शाही एमालेका नगेन्द्र शाहीभन्दा ६ हजार मतान्तरले विजयी भएका हुन् । कालीकोटमा खसेको कूल ४६ हजार ६६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार शाहीले २३ हजार सात सय २७ मत ल्याएर विजयी भए।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले शाहीले १६ हजार सात सय १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । कालीकोट प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गबहादुर रावत निर्वाचित भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरेका छन् । रावत ९ हजार ११ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेका छन् । कालीकोट प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् ।

उनी १३ हजार सात सय ८३ मत ल्याएर विजयी भएका हुन् । उनका निटकम् प्रतिद्वन्द्वी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार आठ सय ३९ मत पाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष