टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने
काठमाडाैं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२ हजार ८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।
फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २ हजार ७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १० हजार १२७ समावेश छन्।
फिर्ता लिइएका सवारी साधनहरूमा बिक्री पछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पङ्क्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुनस् स्थापना गरिएको बताइएको छ।
सेवा केन्द्रले सेफ्टी बेल्टहरू पुनस् स्थापना गर्दा, बेल्ट बकलका केही निश्चित भागहरू जडान बोल्टहरूसँग फिक्स नगरिएको र सुरक्षा बेल्टले दुर्घटना नियन्त्रणमा निरोधक भूमिका खेल्न नसक्ने दाबी गरिएको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया