निफ्राले चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई ४.२१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।
आज काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी रु २१ अर्ब ६० करोड को चार दशमलव २१ प्रतिशत हुन आउने रु ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
साधारणसभाले गत आव २०७८/७९ को वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव तथा चालु आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
निफ्रा स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत सङ्कलन गरी मुलुकको पूर्वाधारका परियोजनामा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापित बैंक हो ।
सञ्चालनको चौथो वर्षमा रहेको यो बैंकले गत असार समान्तसम्ममा रु ३२ अर्ब ८९ को कर्जा स्वीकृत गरेको छ भने रु १५ अर्ब ५८ करोड बराबरको कर्जा प्रवाह गरिसकेको छ । सोही अवधिमा बैंकले रु एक अर्ब दुई करोड खुद मुनाफा आर्जन गरेको छ ।
निफ्राले मुलुकमा निर्माण हुने दीर्घकालीन पूर्वाधारमा सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवद्र्धन गर्ने विषयलाई मुख्य आधार मानी चार वर्षे रणनीतिक योजना अनुरुप व्यावसायिक गतिविधि गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया