NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

ताइवान निर्वाचनः केएमटीको बिजयपछि ताइवानकी सत्ताधारी दलकी नेतृद्वारा दलको प्रमुखबाट राजिनामा

ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले शनिबार भएको स्थानीय निर्वाचनमा विजय हासिल गरेको छ ।

मतदान परिणामलाई चीनको बढ्दो आक्रामकताको अवज्ञा गर्ने राष्ट्रपति साई इङ–वेनको प्रयासको विफलताका रूपमा हेरिएको छ ।

यसैबीच, ताइवानकी नेतृ त्साईले आफ्नो दलले स्थानीय निर्वाचनमा पराजय भोगेपछि सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।

ताइवानको हक्का समुदायबाट निर्वाचित वेन ताइवानको पहिलो महिला राष्ट्रपति हुन् । उनले शनिबार सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो दलले अनपेक्षित पराजय भोगेपछि सत्तारुढ दलको प्रमुख पदबाट राजीनामा दिएकी हुन् ।

उनले भनिन्, “निर्वाचनको परिणाम सोचेजस्तो आएन । मैले सबै जिम्मेवारी वहन गर्नुपर्छ र म तुरुन्तै डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) को अध्यक्ष पदबाट राजीनामा दिएकी छु ।”

त्साई स्वशासित ताइवान टापुको राष्ट्रपतिको रूपमा रहिरहने गरी पार्टीको नेतृत्वबाट राजिनामा दिएकी हुन् ।

त्साईको डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ ।

बेइजिङले लोकतन्त्रमाथि दबाब बढाइरहेका बेला साइले मतदानलाई ‘अन्तर्राष्ट्रिय समुदाय ताइवानको स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि दृढता र सङ्कल्प देखाउने अवसर’ का रूपमा व्याख्या गरेकी थिइन् ।

मेयर, काउन्टी प्रमुख र स्थानीय काउन्सिलरको निर्वाचन परिणाम कोभिड–१९ महामारी र अपराधजस्ता घरेलु मुद्दाका बारेमा केन्द्रित रहेको थियो । निर्वाचित हुनेहरूले चीन नीतिबारे प्रत्यक्ष प्रतिक्रिया दिइसकेका छैनन् ।