NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब २ करोड

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३२.४३ अंक बढेर १९६५.९८ विन्दुमा पुगेको छ ।

आइतबार नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। आज २३३ स्टकको ३१ हजार ०९३ पटकको कारोबारमा ४२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको भएको छ।

आज कारोबारमा आउका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको १२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।