दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब २ करोड
काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३२.४३ अंक बढेर १९६५.९८ विन्दुमा पुगेको छ ।
आइतबार नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। आज २३३ स्टकको ३१ हजार ०९३ पटकको कारोबारमा ४२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको भएको छ।
आज कारोबारमा आउका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको १२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया