सोमालियाको एक होटलमा आतंककारी हमला, मानवीय क्षतिको आशंका

एजेन्सी । सोमालियाको एक होटलमा आतंकारीहरुले हमला गरेको बताइएको छ । सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको छ ।
सो होटलमा सोमालियामा हिंसा मच्चाइरहेका अब सेबाब आतंककारी समूहले आक्रमण गरेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार आइतबार राति सो होटलमा उनीहरुले हमला गरेका छन् र त्यस होटलमा रहेका कर्मचारी तथा पाहुनाको अवस्था अज्ञात रहेको छ ।
स्थानीय प्रहरी र नागरिकहरुले सो होटलमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थहरु पनि विस्फोट गराएको बताइएको छ । प्रहरीले सोमबार बिहानसम्म सो हमलाको बारेमा पूर्ण जानकारी नआएको र प्रहरीले सो होटललाई घेरा हालेर अनुसन्धान जारी गरेको बताएको छ ।
सो होटलमा रहेका पाहुना र कर्मचारी हताहत भएको आशंका गरिएको समाचारमा जनाइएको छ । शक्तिशाली हतियार र विस्फोटक पदार्थको प्रयोग गरेर हमला भएकाले मानवीय क्षतिको आशंका गरिएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
आतंककारीहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु भएको बताइएको छ ।
सोमालियाका अल सेबाब आतंककारीहरुले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवं विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया