सोमालियाको एक होटलमा आतंककारी हमला, मानवीय क्षतिको आशंका
एजेन्सी । सोमालियाको एक होटलमा आतंकारीहरुले हमला गरेको बताइएको छ । सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको छ ।
सो होटलमा सोमालियामा हिंसा मच्चाइरहेका अब सेबाब आतंककारी समूहले आक्रमण गरेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार आइतबार राति सो होटलमा उनीहरुले हमला गरेका छन् र त्यस होटलमा रहेका कर्मचारी तथा पाहुनाको अवस्था अज्ञात रहेको छ ।
स्थानीय प्रहरी र नागरिकहरुले सो होटलमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थहरु पनि विस्फोट गराएको बताइएको छ । प्रहरीले सोमबार बिहानसम्म सो हमलाको बारेमा पूर्ण जानकारी नआएको र प्रहरीले सो होटललाई घेरा हालेर अनुसन्धान जारी गरेको बताएको छ ।
सो होटलमा रहेका पाहुना र कर्मचारी हताहत भएको आशंका गरिएको समाचारमा जनाइएको छ । शक्तिशाली हतियार र विस्फोटक पदार्थको प्रयोग गरेर हमला भएकाले मानवीय क्षतिको आशंका गरिएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
आतंककारीहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु भएको बताइएको छ ।
सोमालियाका अल सेबाब आतंककारीहरुले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवं विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया