पाकिस्तानमा पोलियो खोप अभियान सुरु
इस्लामावाद । पाकिस्तानमा बालबालिकाका लागि पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको पाकिस्तान सरकारले जनाएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले यस वर्षको तेस्रो पटकको अभियान आइतबारबाट सुरु भएको जनाएको छ ।
यस अभियानबाट कम्तीमा पनि एक करोड ३५ लाख बालबालिकालाई पोलियोका विरुद्धको खोप दिइने पनि पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
पाकिस्तानका ३६ जिल्लाका पाँच वर्ष मुनिका एक करोड ३५ लाख बालबालिकालाई सो खोप दिइने जानकारी मन्त्रालयले दिएको छ ।पाकिस्तानका खैबर पाक्थुन्क्वा र पञ्जाव प्रान्तका बालबालिकामा विशेषगरी सो खोप बढी केन्द्रित गरिने पनि जनाइएको छ ।
पाकिस्तानमा पछिल्ला केही वर्षयता पोलियोका विरामी भेटिन थालेकाले सरकारले यो खोपलाई अभियानका रुपमा देशभरि दिने कार्यक्रमहरु ल्याएको छ ।
पाकिस्तानी स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ यसवर्षमात्र कम्तीमा पनि २० जनामा पोलियोको प्रकोप देखिएको छ । ती सबैजना खैबर पाक्थुन्क्वा प्रान्तका रहेका छन् । यस खोप अभियानमा एक लाख स्वास्थ्यकर्मीलाई खटाइएको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया