टिकेन सेयर बजारमा हरियाली, कारोबार रकममा गिरावट

काठमाडाैं । साताको पहिलो कारोबार दिन उकालो लागेको नेप्से परिसूचक सोमबार घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा झरेको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आज कुल २३६ स्टकको २३६ पटकको कारोबारमा ३७ लाख ६१ हजार २९९ कित्ता सेयर खरिदबिक्री हँदा १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रूपैयाँको कारोबार भयो ।
आइतबार ४२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको भएको थियो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानीकोष र व्यापारबाहेक सबै उपसमूह रताम्मे भएका छन् । सामूहिक लगानीकोष र व्यापारको क्रमश ०.२४ र ०.१६ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज घटेका उपसमूहरूमा व्यापार ०.७३, विकास बैंक १.३८, वित्त १.५१, होटल ०.६०, जलविद्युत १.२२, लगानी ०.४८, जीवन बीमा ०.७०, उत्पादन १.४१, लघुवित्त ०.३४, नीर्जीवन बीमा ०.१७ र अन्य ०.१३ प्रतिशतले घटेको छ।
आज कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १६ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नबिल बैंकको ७ करोड २४ लाख ५८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै शिभम् सिमेन्ट ६ करोड १६ लाख ६२ हजार, एभरेष्ट बैंक ५ करोड ९८ लाख ३१ हजार र शाइन रेसुंगाको ५ करोड ८८ लाख ४४ हजार रूपैयाँको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।
सोमबार खप्तड लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशतले बढेको छ। त्यस्तै गरिमा डिवेञ्चर ६.११, नेपाल लुव वेयल ६.०९, सिटिजन म्युचल फण्ड ३.८८ र लक्ष्मी उन्नतिका लगानीकर्ताले ३.१६ प्रतिशतले बढेको छ।
आज सिनर्जी पावर डेभलपमेन्टको सेयर सबैभन्दा बढी ४.५६ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया