सोमालियामा अल–शबाब लडाकूले गरेको आक्रमणमा चार जनाको मृत्यु
एजेन्सी । सोमालियाको राजधानी मोगादिसुको एक लोकप्रिय होटलमा रातभर घेराबन्दी गर्ने अल–शबाब लडाकूहरूले गरेको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको एक सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएको छ ।
आतङ्ककारीहरूले राष्ट्रपति भवननजिकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी समयपछि पनि गोली र विस्फोटको आवाज सुनिएको थियो ।
बन्दुकधारीहरू सरकारी सेनाले घेरिएको होटलको एउटा कोठामा लुकेका राष्ट्रिय सुरक्षा निकायका एक अधिकारी मोहम्मद दाहिरले एएफपीलाई बताएका छन् ।
‘अहिलेसम्म हामीले चार जनाको मृत्यु भएको पुष्टि गरेका छौं’, उहाँले भन्नु भएको छ । अहिलेसम्म घेराबन्दी गरिएको स्थानबाट अन्यको उद्धार गरिएको छ । छिट्टै अवस्था सामान्यमा फर्किने र सरकारी अधिकारीहरु समेत घाइते भएको उनले भनेका छन् ।
सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको राजधानीको सुरक्षित मध्य भागमा रहेको भिल्ला रोज बारम्बार सांसदहरू आउने गरेका बताइएको छ ।
विगत १५ वर्षदेखि सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्ने प्रयास गरिरहेको अल–कायदासँग आबद्ध आतङ्कवादी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।
आतङ्ककारीहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु भएको बताइएको छ ।
सोमालियाका अल सेबाब आतङ्ककारीहरुले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवं विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन्
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया