भारतमा घटे दैनिक कोरोना संक्रमित
एजेन्सी । भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या घटेको छ । सोमबार बिहान अर्थात अघिल्लो दिन दुई सय ९१ जना कोरोना सङ्क्रमित रहेकामा मङ्गलबार घटेर दुई सय १५ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन ।
पछिल्लो २४ घण्टामा दुई सय १५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिएका र हाल भारतमा चार हजार नौ सय ८२ सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान सार्वजनिक गरेको छ । देशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाको महामारीको सुरुवातदेखि हालसम्मको कुल मृत्युको सङ्ख्या ५ लाख ३० हजार छ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४ करोड ४१ लाख ३६ हजार चार सय ७१ जना सफलतापूर्वक निको भएका मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया