पाकिस्तानका नयाँ प्रमुख सेनापतिले सम्हाले कमाण्ड
काठमाडाैं । लेफ्टिनेन्ट जनरल असिम मुनीरले पाकिस्तानको १७ औँ सेना प्रमुखको रुपमा कमाण्ड सम्हालेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाईसँगै उनले आज कमाण्ड सम्हालेका हुन् ।
देशको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा आफ्नो छ वर्षको कार्यकालको अन्त्य गर्दै जनरल बाजवाले रावलपिण्डीमा आयोजित एक समारोहमा लेफ्टिनेन्ट जनरल मुनीरलाई कमाण्डको प्रतीकका रुपमा रहेको डण्डा हस्तान्तरण गरेका दैनिक अखबार डनले जनाएको छ ।
बाजवाले करिब छ वर्षको विस्तारित कार्यकाल पूरा हुनुभन्दा केहीअघि जनरल मुनीर र जनरल साहिर शमशाद मिर्जासहित छ जनालाई संभावित भावी प्रधानसेनापतिका रुपमा चित्रित गरिएको थियो । जनरल मुनीरको नियुक्तिसँगै नयाँ सेना प्रमुखको नियुक्तिलाई लिएर फैलिएका अफवाह, अनिश्चितता र अनुमानको पटाक्षेप भएको छ ।
पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान, उनका अनुयायी र उनको सामाजिक सञ्जालका समर्थकले गत वैशाखमा अप्रिलमा पीटीआई सरकारलाई इस्लामाबादको पावर कोरिडोरबाट बाहिर निकालेपछि पाकिस्तानी जनतामा अभूतपूर्व उन्माद छाएको थियो । सरकारले खानलाई राजनीतिक लाभका लागि नयाँ सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाएको आरोप लगाएको थियो ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया