NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नियम विपरित काम गर्ने ९ वाणिज्य बैंक कारबाहीमा

काठमाडौं । नियमविपरित काम गरेको भन्दै  नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएको खाताहरूमा कारोबार भएको पाइएको भन्दै बैंक अफ काठमाडौं लिमिटेड, प्रभु बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाइ कारबाही गरेको छ ।

त्यस्तै हिमालयन बैंक लिमिटेड, सनराइज बैंक, ग्लोबल ग्लोबल आइएमइ बैंक र मेगा बैंकलाई बैंक तथा वित्तिय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशनअनुसार मा भएको व्यवस्थाबमोजिम कुनैपनि कर्जा आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न पाउने छैन भन्ने व्यवसस्थालाइ उल्लंघन गरेको आधारमा कारबाही गरेको छ ।

कृषि विकास बैंकलाई सम्बन्धित एन र निर्देशन उल्लघन गरेको भन्दै  २० लाख जरिवाना गरेको छ । बैंक अफ काठमाडौं २ करोड ११ लाख रूपैयाँबराबरको जरिवाना गरेको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष