NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एमाले पहिलो हुन्थ्यो तर लुटियो– ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा नवनिर्मित प्रतिनिधिसभा सांसद केपी शर्मा ओलीले नेकपा एमाले यो चुनावमा पहिलो दल हुनबाट षड्यन्त्रपूर्वक रोकिएको टिप्पणी गरेका छन् ।

चुनावमा एमाले पहिलो दल हुने सम्भावना हुँदा–हुँदै पनि लुटिएको उनले बताए । ‘नेकपा एमाले प्रमुख पार्टीमा सहिजोसँग आउथ्यो । तपाईंको खल्तीमा मेरोभन्दा बढी पैसा हुन सक्छ । तर मैले लुटें भने खल्तीमा पैसा त घट्यो,’ उनले भने, ‘अहिलेको गठबन्धनले त त्यो लुटेको छ ।’

ओलीले गठबन्धनले प्रहरी प्रशासनको दुरूपयोग गरेर निर्वाचन आयोगका कर्मचारी आफैंले खटाएर एमालेको भोट लुटेको आरोप लगाएका छन् ।