NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

रियलमीको ‘उत्सवको बहार हरेक दिन उपहार’ विजेता घोषणा, विजेताहरुले पाए वासिङ मेसिन र टिभी

काठमाडौंं । लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरु घोषणा गरेको छ ।

गत असोज १० गतेदेखि गते कार्तिक १४ गते सम्म सुरु भएको उक्त क्याम्पेनका विजेताहरुलाई यही मंसिर ११ गते पुरस्कार प्रदान गरिएको थियो । जसअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टेलिभिजन र बाग्लुङका पूर्ण बहादुर मल्ल (अलिशामोबाइल सेन्टर) ले ७ केजिको वाशिङ मेसिन जित्न सफल भएका छन् ।

त्यस्तै सामाखुशीका सुजन बस्नेतले (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ ४ जि ८/१२८जिबि) जितेका छन् । रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरुलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरु प्रदान गर्ने अफर ल्याएको थियो । त्यस्तै उक्त अफरमा डेली प्राइजअन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर, रियलमी सि ३०(२३२ जिबि) लगायतका उपहारहरु पनि समावेश थिए ।

रियलमीले नवीनतम प्रविधीयुक्त फोनहरु सर्वसुलभ मुल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको उपलक्ष्यमा रियलमीले आफ्ना उपभोक्ताहरुको लागि आकर्षक अफर ल्याएको थियो । आफुले खरिद गरेको सेटको मोडल, आइएमइआइनम्बर, आफ्नो नाम लगायतका विवरणहरु रियलमीको वेबसाइटमा दर्ता गरेका उपभोक्ताहरुलाई यस अफरमा सहभागि गराइएको थियो ।