NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रचण्ड सुकुटेमा

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे पुग्ने गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे पुगेका हुन् ।

सुकुटेमा अध्यक्ष दाहालले ¥याफ्टिङसमेत गरेका छन् । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटालगायत आज सुकुटेस्थित सुकुटे बीचमा बसेका छन् । काठमाडौँबाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मकरूपमा सस्तोसमेत रहेको छ ।
–––