नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’
काठमाडौं । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ ।
सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो ।
लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन् । नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यास भन्दा अगाडि पुगेर कथा वस्तुलाई नाटकका रूपमा तयार गरिएको जानकारी दिए ।
‘उपन्यासको मर्म कायम राखेर नाटक बनाएका हौँ’, लेखक सुवेदीले भने, ‘नाट्य रूपान्तरणमा पात्रको संवाद, उपस्थिति पनि बढेको छ । यहाँ द्वन्द्वमा बेपत्ता भएकाको पर्खाइमा रहेका परिवारको माध्यमबाट कथा भनिएको छ ।’
कल्पनाशीलता प्रयोग गरिएका कारण पुस्तक उपन्यासजस्तै नरहेको समेत लेखक सुवेदीले प्रस्ट्याए। उनका अनुसार उपन्यासमा दृश्य र पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ । यसका लागि उपन्यासकार वाग्लेले पूर्ण स्वतन्त्रता दिएको उनले बताए ।
विमोचन कार्यक्रममा लेखक सुवेदी र कवि नवराज पराजुलीले पुस्तकको अंश वाचन गरेका थिए । उपन्यास ‘पल्पसा क्याफे’ अङ्ग्रेजी, कोरियन, फ्रेन्च र सिंहली भाषामा अनुवाद भइसकेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया