कर्णाली प्रदेश : बालबालिकाकाे क्षेत्रमा न्यून बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन गरेको पाइएको छ । सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियानद्वारा गरिएको अध्ययनमा सो क्षेत्रमा दुई प्रतिशत मात्रै बजेट विनियोजन हुने गरेको पाइएको हो ।
प्रदेश सरकारले अधिकांश बजेट भौतिक पूर्वाधारमा केन्द्रित गरेको देखिएको छ । अध्ययनमा तीन आर्थिक वर्षको बजेट समेटिएको थियो । अर्थिक वर्ष २०७५/७६ मा २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट मध्ये बालबालिको क्षेत्रमा २.३० प्रतिशत मात्रै बजेट विनियोजन गरिएको प्रतिवेदनले जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १.८९ प्रतिशत बजेट बालबालिकाको लागि छुट्याइएकामा गत आर्थिक वर्षको बजेटमा २.१४ प्रतिशत मात्रै बजेट विनियोजन भएको थियो ।
चालु आवको बजेटमा पनि बालबालिकाको क्षेत्रमा खासै महत्व नदिइएको अभियानका टेकराज आचार्य गुनासो गरे । प्रदेश र स्थानीय सरकारले बालबालिकाका क्षेत्रमा लगानी बढाउनुपर्ने माग सरोकारवालाले निकायले गर्दै आएका छन् ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया