बीवाइडीको ‘साउद एशिया रिजनल मीट’ सम्पन्न
काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक कम्पनी बीवाइडीको ‘साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ।
कार्यक्रममा हेडक्वाटर सान्जेनका प्रतिनिधि, बीवाइडी र नेपालको आधिकारिक वितरक साइमेक्स इंकको सहभागिता रहेको थियो।
विश्वमा ईभीप्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा रहेको छ। ईभीको बजारलाई लीड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र भारतमा बीवाइडका शोरुम, वर्कशप, चार्जिङ स्ठेशन जस्ता आवश्यक पूर्वाधार तीव्र गतिमा विस्तार भइरहेको बताइएको छ।
काठमाडौंमा दक्षिण एशियाली डिलरहरुको सम्मलेनमा बीवाइडीको साउथ एशिया हेर्ने डेपुटी जनरल म्यानेजर केत्सु जाङले कम्पनीको योजना र विश्वभर बीवाइडीको बिक्री संख्या ३० लाख पुगेको जानकारी दिए।
उनले भने, ‘बीवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पाट्नर र कम्पनीबीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतिय सवारी साधनको प्रयोगमा नयाँ आयाम थपेको छ।’
कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्त्व गरिरहेको छ भन्ने विषयमा जानकारी दिइन्।
उनले भनिन्, ‘नेपालमा नयाँ दर्ता हुने सवारीमध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या रहेको छ। त्यसमा नेपाल सरकार, यहाँका व्यवसायी र उपभोक्ताका कारण सम्भव भएको हो।’
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया