स्याङ्जा २ मा सुधारिएन पद्याको अवस्था, धनराज लगातार अगाडि
काठमाडौं । स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङले अग्रता बढाउँदै लैजाँदा एमालेकी उम्मेदवार पद्या अर्याल पछि पर्दै गएकी छन् ।
मतगणनाको सुरुदेखि नै अघि लागेका गुरुङले १२ हजार ९५१ मत हासिल गर्दा अर्याल १० हजार ६२७ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।
अर्याल अहिले गुरुङभन्दा दुई हजार ३२४ मतले पछाडि छिन् ।
मतदानका क्रममा सत्तापक्षले धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेपछि यो क्षेत्रको गणना अघि बढ्न सकेको थिएन । निर्वाचन आयोगले पुनः मतदान गर्नुनपर्ने निर्णय गरेसँगै ११ दिनपछि बिहीबारबाट यहाँको मतगणना सुरु भएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया