स्याङ्जा २ मा सुधारिएन पद्याको अवस्था, धनराज लगातार अगाडि

काठमाडौं । स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङले अग्रता बढाउँदै लैजाँदा एमालेकी उम्मेदवार पद्या अर्याल पछि पर्दै गएकी छन् ।
मतगणनाको सुरुदेखि नै अघि लागेका गुरुङले १२ हजार ९५१ मत हासिल गर्दा अर्याल १० हजार ६२७ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।
अर्याल अहिले गुरुङभन्दा दुई हजार ३२४ मतले पछाडि छिन् ।
मतदानका क्रममा सत्तापक्षले धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेपछि यो क्षेत्रको गणना अघि बढ्न सकेको थिएन । निर्वाचन आयोगले पुनः मतदान गर्नुनपर्ने निर्णय गरेसँगै ११ दिनपछि बिहीबारबाट यहाँको मतगणना सुरु भएको हो ।
प्रतिक्रिया