NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २३ गते

पाँच वर्षमा १४ अर्बको चिया निर्यात, कुन वर्ष कति ?

काठमाडौं । नेपालमा अर्बौँ रुपैयाँको कृषिजन्य वस्तुको आयात हुन्छ । नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ, तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका, दक्षिण अफ्रिकाबाट समेत आयात गर्नुले परनिर्भरता कति छ भन्ने स्पष्ट हुन्छ ।

निर्यातको तुलानमा आयात अत्याधिक बढ्दै गएका कारण नेपालको अर्थतन्त्रमा समस्या देखा परिसकेको छ । सरकारले आयातलाई निरुत्साहित गर्ने भन्दै आयातमा कडाई गरेको भएपनि प्रभाव शून्यजस्तै छ ।

एकातिर व्यापार घाटा चुलिएको छ । अर्कातिर विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको अवस्था छ । साथै नेपालको शोधान्तर स्थिति अहिले पनि २ खर्बभन्दा बढी घाटामा छ । यसरी खर्बौ रुपैयाँको वस्तु आयात भइरहेको अवस्थामा चिया निर्यातले भने नेपालको अर्थतन्त्रमा केही आशा जगाएको छ ।

नेपाल चियामा आत्मनिर्भर भइसकेको छ । पछिल्लो समय नेपाली चियाको माग अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको छ । भारतपछि जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, स्वीट्जरल्याण्ड, नर्वे, अमेरिका, क्यानडालगायत धेरै देशमा नेपाली चियाको माग उच्च छ ।
नेपालमा १९९० सालबाट चिया खेतीको सुरु भएको थियो । नेपालमा उत्पादित अर्लौचीपछि धेरै निर्यात हुने वस्तुमा चिया पर्दछ । भन्सार विभागको तथ्यांक अनुसार वार्षिक २ देखि ३ अर्ब रुपैयाँको कालो चिया निर्यात हुँदै आएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा (साउन–कार्तिक) एक अर्ब ७१ करोड ७५ लाख ६२ हजार रुपैयाँको चिया विदेश निर्यात भएको छ । चिया आयात भने ३ करोड ३८ लाख रुपैयाँको भएको विभागको तथ्यांक छ ।

पाँच आर्थिक वर्षमा नेपालमा झण्डै १५ अर्बको चिया निर्यात भएको छ भने ४७ करोडको आयात भएको छ । विभागको तथ्यांक अनुसार पाँच वर्षमा १४ अर्ब ९९ करोड २१ लख ७७ हजार रुपैयाँको चिया निर्यात भएको छ ।

गत आर्थिक वर्ष अर्थात् आव ०७७/७८ मा ३ अर्ब ५७ करोड ५६ लाख ३० हजार रुपैयाँको चियानिर्यात भएको थियो । उक्त आवमा १२ करोड ७४ लाख ७२ हजार रुपैयाँ बराबरको चिया आयात भएको छ ।

यस्तो छ चिया निर्यातको तथ्याङ्कः

आव ०७३/७४ २ अर्ब ४६ करोड ३५ लाख ६५ हजार रुपैयाँको चियानिर्यात भएको पाइएको छ । उक्तमूलय बराबरको चियानिर्यात हुँदाआयात ८ करोड ३५ लाख १५ हजार रुपैयाँको भएको छ ।

आव ०७४/७५मा चिया निर्यात आव ०७३/७४ माभन्दा बढेको छ । सो आर्थिक वर्षमा३ अब १८ करोड ९ लाख ३४ हजार रुपैयाँको चिया बाहिरिएको छ । सोही आवमा चिया आयातसमेत बढेको छ । उक्त आवमा १० करोड ४३ लाख ९७ हजार रुपैयाँको चिया आयात भएको तथ्यांक छ ।

यस्तै आव ०७५/७६ मा चिया निर्यात अघिल्लो आर्थिक वर्षको हाराहारीमा नै निर्यात भएको छ । आव ०७५/७६ मा ३ अर्ब ११ करोड ९२ लाख ३ हजार रुपैयाँको चिया निर्यात भएको विभागले जनाएको छ । सो मुल्य बराबरको चिया बाहिरिँदा नेपालमा अघिल्लो आवको तुलनामा एक करोडले घटेर ९ करोड ७० लाख ५८ हजार रुपैयाँको आयात भएको छ ।

आव ०७६/७७ मा चिया निर्यात एक अर्बभन्दा बढीले घटेको छ । उक्त आवमा भारतले गरेको नाका बन्दी, किसान आन्दोलन, आन्तारिक किचलोको प्रत्यक्ष प्रभाव चियामा देखिँदा चिया प्रशोधनमै समस्याभई निर्यातमा गिरावट आयो । सो आर्थिक वर्षमा २ अर्ब ६५ करोड २८ लाख ४५ हजार रुपैयाँ बराबरको चिया निकासी भएको छ । साथै सो आर्थिक वर्षमा ६ करोड ४ लाख ८७ हजारको चिया नेपाल भित्रिएको तथ्यांक छ ।

आव ०७७/७८ मा भने निर्यातले पुनःगतिलिएको छ । उक्त आवमा निर्यात बढेर ३ अर्ब ५७ करोड ५६ लाख ३० हजार रुपैयाँको भएको छ । सो वर्षमा आयात दोब्बरले बढेको छ । उक्त आवमा १२ करोड ७४ लाख ७२ हजार रुपैयाँको चिया आयात भएको विभागको तथ्यांक छ ।
आव वस्तु आयात निर्यात

०७३/७४
चिया ८ करोड ३५ लाख १५ हजार
२ अर्ब ४६ करोड ३५ लाख ६५ हजार
७४/७५ चिया १० करोड ४३ लाख ९७हजार
३ अब १८ करोड ९ लाख ३४ हजार

०७५/७६
चिया ९ करोड ७० लाख ५८ हजार
३ अर्ब ११ करोड ९२ लाख ३ हजार

०७६/७७
चिया ६ करोड ४ लाख ८७हजार
२ अर्ब ६५ करोड २८ लाख ४५ हजार
७७/७८

चिया १२ करोड ७४ लाख७२ हजार
३ अर्ब ५७ करोड ५६ लाख ३० हजार

९५ प्रतिशत चिया निर्यात भारतमा

नेपालको चिया छिमेकी मूलुकसहित जापान, जर्मनी अमेरिका, फ्रान्स लगायतका देशमा निर्यात हुँदै आएको छ ।
निर्यात हुने चियाको ९५ प्रतिशत हिस्सा भने भारतमा जान्छ । चालु आवको २ महिनाको तथ्यांक अनुसार ९० करोडको चिया निर्यात भएकोमा ८५ करोड रुपैयाँको चिया भारतमा निकासी भएको छ ।

आव ०७७/७८ मा ३ अर्ब ५७ करोडको चिया निर्यात हुँदा भारतमा ३ अर्ब ३८ करोडको निर्यात भएको छ । त्यस्तै आव ०७६/७७ मा २ अर्ब ४९ करोडको चिया भारतमा निर्यात भएको छ ।