इजिप्टमा खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु
कायरो । इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा परेर दश जना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका उनीहरुको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
प्राप्त जानकारीअनुसार उनीहरु बिहीबार खेतको काम गरेर घर फर्किँर्दै गरेका बेला उनीहरु सवार रहेको ट्याक्टर दुर्घटनामा परेको थियो ।उनीहरु सवार रहेको ट्याक्टरलाई अर्कातर्फबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
सो दुर्घटनामा परेर अरु दुई जना घाइते भएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । पछिल्लो समयमा नाइजेरियामा सवारी दुर्घटना सामान्य जस्तो हुदै गएको छ ।
सडकको खराब अवस्थाका साथै सवारी चालकको असावधानीका कारण सडक दुर्घटना दिन प्रतिदिन बढ्दै गएको पाइएको प्रहरीले बताएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया