११ महिनामा ७ हजार अमेरिकी पर्यटकले नेपाल घुमे
काठमाडाैं । पछिल्लो ११ महिनामा ५ लाख ४९ हजार ६सय ५६ विदेशी पर्यटकले नेपाल घुमेका छन् । जसमध्य ७ हजार ८ सय ३१ पर्यटक अमेरिकाबाट नेपाल घुम्न आएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत पुषको दोस्रो साता देखि मङ्सिरको दोस्रो सातासम्म विभिन्न देशका ५ लाख ४९ हजार ६सय ६५ पर्यटक नेपाल घुम्नका लागि भित्रिएका हुन् ।
बोर्डका अनुसार गएको १ महिनामा मात्रै ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिनामा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए ।
गत पुषमा भने १६ हजार ९ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत महिनामा यसरी नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै २० हजार ८ सय ३२ पर्यटक भारतबाट आएका छन् ।
बेलायतबाट ५ हजार १६५ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै अष्ट्रेलिया बङ्गलादेश, थाइल्यलाण्डबाट पर्यटक नेपाल घुम्नका लागी आएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया