११ महिनामा ७ हजार अमेरिकी पर्यटकले नेपाल घुमे

काठमाडाैं । पछिल्लो ११ महिनामा ५ लाख ४९ हजार ६सय ५६ विदेशी पर्यटकले नेपाल घुमेका छन् । जसमध्य ७ हजार ८ सय ३१ पर्यटक अमेरिकाबाट नेपाल घुम्न आएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत पुषको दोस्रो साता देखि मङ्सिरको दोस्रो सातासम्म विभिन्न देशका ५ लाख ४९ हजार ६सय ६५ पर्यटक नेपाल घुम्नका लागि भित्रिएका हुन् ।
बोर्डका अनुसार गएको १ महिनामा मात्रै ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिनामा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए ।
गत पुषमा भने १६ हजार ९ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत महिनामा यसरी नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै २० हजार ८ सय ३२ पर्यटक भारतबाट आएका छन् ।
बेलायतबाट ५ हजार १६५ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै अष्ट्रेलिया बङ्गलादेश, थाइल्यलाण्डबाट पर्यटक नेपाल घुम्नका लागी आएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया