NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

काबुलमा भएको विस्फोटमा परि १ को मृत्यु, २ घाइते

काबुल, अफगानिस्तानका पूर्व प्रधानमन्त्री गुलबुद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब(ए(इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

हेक्मतयार  भने सुरक्षित छन्, टिभी च्यानलले हेक्मत्यारका नजिकका नातेदार ओबेदुल्लाह बहिरलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

अर्को अज्ञात स्रोतले उक्त शक्तिशाली विस्फोटमा नेताका एक अंगरक्षकको मृत्यु भएको र दुई जना घाइते भएको टिभी च्यानललाई बताएको छ ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।

ताजा अपडेट

नेपालवाच विशेष