NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

इञ्जाद्वारा पत्रकार लम्साललाई रु ५५ हजार सहयोग

काठमाडौँ । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार हरि लम्साललाई नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले रु ५५ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मुलुकको पत्रकारिता विधामा पाँच दशकदेखि क्रियाशील पत्रकार लम्साललाई उपचारमा केही सहयोग पु¥याउन सकियोस् भन्ने हेतुले इन्जा ग्लोवलका सचिव दीपक रिजालसहितको टोलीले अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेको हो ।