अध्यक्ष नेपाल र उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
अध्यक्ष नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिनुभएको थियो । भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको उपसभापति खड्काको सचिवालयले जानकारी दिएको छ ।
त्यस अवसरमा वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको बताइएको छ । यसअघि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपसभापति खड्काबीच पनि भेटवार्ता भएको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया