धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

काठमाडाैं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच आज बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने छन् ।
सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ । समितिको सदस्यहरुमा धौलागिरीबाट संचालकद्वय हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट संचालकद्वय रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन् ।
यी दुवै लघुवित्तले हालै मात्र आईपिओ निष्काशन गरेका थिए । धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।
त्यस्तै खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया