NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

साइबरक्राइम मुद्यामा पक्राउ परेका पत्रकार राइकाे रिहाइको माग

उदयपुर । साइबरक्राइम मुद्यामा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राइलाई बिना शर्त रिहाइको माग गरिएको छ ।

पत्रकार राइलाई ३ दिन भित्र रिहाइ नगरे आन्दोलनमा उत्रने चेतावनी पनि पत्रकार महासंघ उदयपुर शाखाले दिएको छ ।

नेपाल पत्रकार महासंघ, उदयपुर शाखाले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम माफर्त सरकारलाई ध्यानकर्षण पत्र पठाउँदै उक्त माग गरेको हो ।

उदयपुर, खोटाङ र भोजपुर लगाएतका जिल्लाबाट आज संयुक्त रुपमा नेपाल सरकारलाई ध्यानाकर्षण पत्र पठाइएको छ ।

पत्रकार राइलाई मंसिर १० गते निर्वाचनको मतगणनाको रिपोटिङ्ग गर्दै गर्दा उदयपुर सदरमुकाम गाइघाट बजारबाट पक्राउ गरिएको थियाे ।