पूर्वमन्त्रीको संस्थासहित १६३ ले तिरेनन् कर (नामावलीसहित)
काठमाडौं । आन्तरिक राजस्व कार्यालय, जोरपाटी मातहतका १६३ संस्थाले कर दायित्व पूरा नगरेको पाइएको छ । कर नतिर्नेमा पूर्वमन्त्रीको नाममा दर्ता संस्थासमेत छ । कर दायित्व पूरा नगरेपछि कार्यालयले सूचना जारी गरेर असुलीका लागि ताकेता गरेको छ ।
पटक–पटक बक्यौता कर भुक्तानीका लागि पत्राचार गर्दा पनि दायित्त पूरा नगरेपछि उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।
कर चुक्ता नगर्नेमा ल्हारकाल लामा स्वामित्वको सिद्धार्थ सदन, डा. सरोजप्रसाद ओझाको आम्दा नेपाल, माँ वैष्णेदेवी पेपर ट्रेडिङलगायत छन् । लामा राजनीतिसँग जोडिएका विवादास्पद छविका पात्र हुन् । उनी गोलीकाण्ड, ठगीलगायत अभियोगमा पक्राउ परिसकेका छन् । माओवादी कोटाबाट सांसद बनेका लामा ०६८ मा झलनाथ खनाल नेतृत्वमा गठित सरकारमा अर्थ राज्यमन्त्री नियुक्त भए पनि चर्को आलोचनापछि राजीनामा दिन बाध्य भएका थिए ।
कार्यालयले कर भुक्तानीका लागि १५ दिइएको र उक्त समयभित्र अटेरी गरे आयकर र मूल्य अभिवृद्धि करअन्तर्गत कारबाही हुने जनाएको छ ।


ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया