वैकल्पिक सुचिमा रहेका इन्जिनियरलाई काठमाडौं महानगरले करारमा नियक्त गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा इन्जिनियर नियुक्ति गर्ने भएको छ ।
लोकसेवा आयोगले विभिन्न मितिमा लिएको परिक्षामा पास भएका तर अस्थायी तथा वैकल्पिक योग्यता क्रममा रहेका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनिय र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरुका लागि सुचना जारी गरेको छ ।
मंसिर २० गते ( आज ) एक सुचना जारी गर्दै सात दिन भित्र निवेदन, प्रवेश पत्रको प्रतिलिपि र स्नातक पास गरेको प्रमाणपत्र सहित काठमाडौं महानगरपालिका प्रशासन विभागमा सम्पर्क गर्न भनेको छ ।
महानगरपालिकाको वैकल्पिक सुचिमा नाम रहेका इन्जिनियरहरुलाई करारमा नियुक्ति गर्ने निर्णयको सामाजिक संजालमा प्रसंशा भइरहेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया