कृषि प्रणालीमा गम्भीर संकट आउने संकेत
काठमाडाैं । मुलुकमा माटोको उर्वरा शक्ति बर्सेनि क्षयीकरण हुँदै जाँदा कृषि प्रणालीमा गम्भीर सकंट आउने देखिएको छ ।
रासायनिक मलको अत्यधिक प्रयोग, पीएच भ्यालुमा आएको गिरावट, पोटास तत्वमा निरन्तरको कमी आदि कारणले उर्वरा शक्ति घट्दै गएको कृषि विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।
३० हजार नमुना परीक्षण गर्दा ४०/४५ प्रतिशत माटो मात्रै तटस्थ प्रकृतिको पाइएको विभागका महानिर्देशक रेवतीरमण पौडेलले बताए ।
उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुने भए पनि गुणस्तरमा आएको गिरावटले राम्रो सङ्केत नगरेको उनको भनाइ छ । माटोको नमुना परीक्षण विश्लेषण गर्दा ४०/४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून देखिएको छ ।
४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको विभागले जनाएको छ । प्राङ्गारिक पदार्थलाई माटोको आधारका रूपमा लिइन्छ ।
उत्पादनशील माटोमा प्रांगारिक पदार्थको मात्रा ३र५ हुनु आवश्यक छ । तर, तराई क्षेत्रको अवस्था नाजुक रहेको महानिर्देशक पौडेलको भनाइ छ । मुलुकमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाइट्रोजनको मात्रा न्यून छ । ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागले जनाएको छ ।
फस्फोरस तत्व भने तुलनात्मक रूपमा राम्रो पाइएको छ । जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको जनाएको छ । पोटास तत्वको मात्रा भने तीव्र गतिमा घटिरहेको छ । जसमध्ये ५० प्रतिशतमा न्यून, २६ प्रतिशत मध्यम र २४ प्रतिशतमा अधिक पाइएको महानिर्देशक पौडेलले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया