कार्यालयको फोहर आफै व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र रहेका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्न आग्रह गरेको छ ।
महानगरले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेर थुप्रिएको फोहोर मैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न सूचना जारी गरेकाे हाे ।
‘फोहोर मैला व्यवस्थापन ऐन, २०६८ तथा ऐ नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’ सूचनामा भनिएको छ । महानगरले कार्यालय परिसरको फोहरले सहरको सुन्दरतालाई नै ह्रास आएको जनाएको छ ।
कार्यालय परिसर सफा नगरे कानून बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरले चेतावनीसमेत दिएको छ ।
हेराैं सूचना :

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया