‘नाडा आन्दोलनको मूख्य एजेण्डा बैंक ब्याजदरसम्बन्धी हो, आयात खुलेपनि आन्दोलन जारी रहन्छ’
काठमाडाैं । सरकारले आगमी पुसदेखि लागू हुने गरी आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । निजी प्रयोजनका गाडी, स्माटफोन, रक्सी र मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध फुकुवा हुने भएको हो ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले गाडी आयात खुल्दैमा स्थिति सहज नहुने बताएका छन् । बैंकको चर्काे ब्याजदर र तरलता अभावको कारण बैंक फाइनान्स हुने अवस्था नभएकाले बैंकिङ सहजीकरण हुनुर्ने उनले धारणा राखे । उनले भने, ‘गाडी आयात खुल्दैमा जोखिमभार घट्दैन, बैंकले जोखिमभार १५० बाट १७५ पु-याएको छ, यसले बैंक फाइनान्स हुने अवस्था छैन ।’ उनले थपे, बैंक ब्याजदर, चालु पुँजी नगद माजिर्नतिर हाम्रो मूख्य एजेण्डा भएकाले आन्दोलन जारी रहने छ ।’
सरकारले गएको वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये ६ वस्तुको यसभन्दा अघि नै प्रतिबन्ध खुलिसकेको छ ।
उच्च आयात, विदेशी मुद्रा सञ्चितीमा दवाव परेको भन्दै आयात रोकेको थियो । राष्ट्र बैंकको पछिल्लो तथ्यांअनुसार विदेशी मुद्रा सञ्चिती, शोधान्तर स्थितिमा सुधार देखिएको र आयात पनि घटेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको बताइएको छ ।
गाडी, मोबाइल र रक्सीमाथि लागेको प्रतिबन्ध खुला गर्ने सरकारी निर्णय
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया