‘नाडा आन्दोलनको मूख्य एजेण्डा बैंक ब्याजदरसम्बन्धी हो, आयात खुलेपनि आन्दोलन जारी रहन्छ’
काठमाडाैं । सरकारले आगमी पुसदेखि लागू हुने गरी आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । निजी प्रयोजनका गाडी, स्माटफोन, रक्सी र मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध फुकुवा हुने भएको हो ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले गाडी आयात खुल्दैमा स्थिति सहज नहुने बताएका छन् । बैंकको चर्काे ब्याजदर र तरलता अभावको कारण बैंक फाइनान्स हुने अवस्था नभएकाले बैंकिङ सहजीकरण हुनुर्ने उनले धारणा राखे । उनले भने, ‘गाडी आयात खुल्दैमा जोखिमभार घट्दैन, बैंकले जोखिमभार १५० बाट १७५ पु-याएको छ, यसले बैंक फाइनान्स हुने अवस्था छैन ।’ उनले थपे, बैंक ब्याजदर, चालु पुँजी नगद माजिर्नतिर हाम्रो मूख्य एजेण्डा भएकाले आन्दोलन जारी रहने छ ।’
सरकारले गएको वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये ६ वस्तुको यसभन्दा अघि नै प्रतिबन्ध खुलिसकेको छ ।
उच्च आयात, विदेशी मुद्रा सञ्चितीमा दवाव परेको भन्दै आयात रोकेको थियो । राष्ट्र बैंकको पछिल्लो तथ्यांअनुसार विदेशी मुद्रा सञ्चिती, शोधान्तर स्थितिमा सुधार देखिएको र आयात पनि घटेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको बताइएको छ ।
गाडी, मोबाइल र रक्सीमाथि लागेको प्रतिबन्ध खुला गर्ने सरकारी निर्णय
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया