बंगलादेशमा कोभिड-१९ विरुद्धको खोपको चौथो मात्रा
काठमाडाैं । बंगलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड-१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ । कोभिडविरुद्धको चौथो मात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध गराइने मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएनएस) का वरिष्ठ अधिकारी अहमदुल कबीरले घोषणा गरेका छन् ।
त्यसपछि ६० वर्षभन्दा माथिका व्यक्ति, अग्रपंक्तिमा काम गर्ने कामदारहरुलाई खोप लगाउन अभियानलाई विस्तार गरिने उहाँले बताउनु भएको छ । बंगलादेशले चौथो खोप २ करोडभन्दा बढी मानिसलाई उपलब्ध गराउने लक्ष्य राखेको अधिकारीहरुले जानकारी दिएका छन् ।
देशमा हालसम्म १२ करोड ६० लाखभन्दा बढी मानिसहरूल कोभिड १९ खोपको कम्तीमा दुई डोजहरू प्राप्त गरिसकेका छन् । यहाँ ६ करोड २० लाखभन्दा बढी मानिसहरुले बुस्टर मात्रा प्राप्त गरेका छन् ।
बंगलादेशले एस्ट्राजेनेका, सिनोफार्म, मोडेर्ना, फाइजर, सिनोभ्याक र जोन्सन एन्ड जोन्सनले विकास गरेको कोभिड–१९ खोपहरू प्रयोग गर्दै आएको छ ।बंगलादेशले महामारीलाई नियन्त्रण गर्न गत वर्ष जनवरीमा कोभिड–१९ खोप अभियान सुरु गरेको थियो।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया