नेपालका लागि अमेरिकी राजदूतले भेटे माधव नेपाललाई

काठमाडाैं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
अध्यक्ष नेपालको सचिवालयका अनुसार भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष नेपालले राजदूत थम्पसनलाई सफल कार्याकालको लागि शुभकामना समेत दिएका थिए ।
आज एकीकृत समाजवादीको कार्यालय पुगेर राजदूतले अध्यक्ष नेपालसँग भेट गरेका हुन ।
प्रतिक्रिया