नेपाल नामिबियासँग पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।
नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भएको हो । नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १८९ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४४ बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने ज्ञानेन्द्र मल्लले ३० रन जोडे । अर्जुन साउद २९ रनमा आउट भए । आरिफ शेखले १८ रन तथा ललित राजवंशीले ११ रन बनाए । आसिफ शेखले ७ रन जोडे । नामिबियाका लागि टाँगेनी लुङ्गामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियोे । नामिबियाका लागि मिचेल भान लिङ्गेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन् ।
त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए । लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडे ।
नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सागर ढकालले १ विकेट हात पारे । यस सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ ।
यस जितसँगै नामिबिया ३० खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । नेपाल २३ खेलमा १८ अङ्कसहित छैठौँ स्थानमा रहेको छ । यस सिरिजमा नेपालले आफ्नो अन्तिम खेल भोलि स्कटल्याण्डसँग खेल्नेछ ।
ताजा अपडेट
-
सडक निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर
-
सरकार र शिक्षकबीच सहमति जुटेन, फेरि अर्को पटक वार्तामा बस्ने
-
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
प्रतिक्रिया