NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

काठमाडौं महानगरले २८ औं महानगर दिवस मनाउँदै

काठमाडौं । काठमाडौं महानगरले सप्ताहव्यापी विविध कार्यक्रमसहित २८ औं महानगर दिवस मनाउने भएको छ । महानगरले मंसिर २३ गते महसुस यात्रा र विशेष सरसफाईबाट उक्त कार्यक्रम सुरु गरेर २९ गते बसन्तपुरमा मूल समारोहसहित समापन गर्ने जनाएको छ । महानगरले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मंसिर २९ गते महानगर दिवसको मनाउँदै आएको छ ।

दिवसको अवसर पारेर महानगरले यस अघि पनि विद्यालय स्तरमा विशेष प्रतियोगिताहरु सञ्चालन गरिरहेको छ । अनलाइन मार्फत सेवाग्राही सर्वेक्षण, मौलिक बाजागाजा युृवाहरुको रुची बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालय मा चित्रकला र निवन्ध लेखन त्यसै गरी, शिक्षक स्तरमा वक्तृत्वकला, जेलभित्रका विद्यालय, फरक क्षमता भएका ( सुस्त श्रवण, मनस्थिति, विशेष विद्यालय) का विद्यार्थीका लागि कुर्सी दौड प्रतियोगिता , महानगरका कर्मचारीका बिचमा हाजिरी जवाफ प्रतियोगिता, स्वास्थ्य शिविर, जनचेतनामूलक सडक नाटक, विपदको कृतिम अभ्यास, आयोजना गर्ने महानगरले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । यसै गरी महानगरले मूल समारोह महानगर सेवा गौरव पदक, उत्कृष्ट महानगर सेवा पुरस्कार, महानगर सेवा पुरस्कार, जनकमान श्रेष्ठ शुसासन पुरस्कार, साधना अग्रणी महिला पुरस्कार र सुशासन पत्रकारिता पुरस्कार वितरण गर्ने जनाएको छ ।

त्यसै उक्त कार्यक्रममा महानगरले पराम्परागत गुरुहरुको सम्ममान, मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई मैत्री फुटबल खेल, महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता आयोजना गर्ने छ । कलाहरुको प्रवर्धन गर्न मंसिर २९ गते प्रतियोगितात्मक चित्रकला प्रदर्शनी र तस्बिर प्रदर्शनी गर्ने महानगरले जनाएको छ । महिला उद्यमशीलतालाई प्रबर्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवर्धन गर्न खाना मेला गर्ने छ ।

दिवस विशेष आयोजना गरिने यी कार्यक्रमसँगै गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य, प्रतिस्पर्धी र व्यावहारिक शिक्षा, मूर्त अर्मूूत सम्पदाको सन्तुलित विकास,संरक्षण र प्रवर्धनका क्षेत्रमा काम गरिरहेको महानगरले बताएको छ । सहरी विकासका लागि काम गर्ने सरकारी कार्यालयहरुमा छरिएर रहेको योजना, स्रोत र कार्यक्रमलाई समेटेर एकीकृत पूर्वाधार विकासको प्रयास थालिएको महानगरले उल्लेख गरेको छ ।

महानगरले सिफारिस लिन, राजस्व तिर्न, भवन नक्सा स्वीकृत लिन जस्ता कामका लागि कार्यालय पुग्नै नपर्ने व्यवस्थाका लागि प्रणाली विकास भइसकेको महानगरले जनाएको छ । ई वीपीएस, इजलास,ई सिफारिसजस्ता प्रणालीबाट मोबाइलबाट यी सेवा प्राप्त गर्न सकिने छ । नागरिकका गुनासो सुन्न तथा समस्याको समाधान गर्न कल सेन्टर महानगरले सञ्चालन गरेको छ । त्यस्तै, महानगरले महत्वपूर्ण छलफल तथा बैठकहरु तत्काल हेर्नका लागि प्रत्यक्ष प्रसारणको वातावरण मिलाएको छ भने सहरी सुन्दरता बढाउन होर्डिङ बोर्ड, नियमन, सार्वजनिक यातायाता प्रणाली र पार्किङमा सुधार गर्ने काम नियमित भइरहेको बताएको छ । वि.स १९७६ पुष २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ बाट काठमाडौंलाई महानगर घोषणा गरिएको थियो ।