जनकपुरमा निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा
जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा सम्पन्न सो शिविरमा जाँच गराएकामध्ये ७६ जनामा मोतियाबिन्दु फेला परेको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
मोतियाबिन्दुको समस्या देखिएका बिरामीको जानकी आँखा अस्पताल जनकपुरमा निःशुल्क शल्यक्रिया गरिने जनाएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको जनकपुरधाम उपमहानगरपालिकाका–१७ का वडाध्यक्ष रामवृक्ष यादवले जानकारी दिए ।
शिविरमा नेत्र अधिकृत एवं प्राविधिक टोली प्रमुख रुदलप्रसाद साह नेतृत्वको चिकित्सकको टोलीले आँखा परीक्षण गरेका थिए । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ लिएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बताए ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया