राष्ट्र बैंक विरुद्ध व्यावसायी आन्दोलित
काठमाडौं । राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण समस्या परेको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
आज धनुषाको ढल्केबरमा उद्योगी व्यापारीहरुले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक विरुद्ध चर्को नाराबाजी गरेका हुन ।
प्रदर्शनमा उनिहरुले व्यापारीहरुले मौद्रिक नीति परिमार्जन गर, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, व्यवसाय गरी खान देउ जस्ता प्ले कार्ड लेखिएका नाराहरु बोकेका थिए ।
सरकारले उद्योगी व्यवसायीमाथि अत्याचार गरेको भन्दै आफुहरु बाध्य भएर आन्दोलन गर्नु परेको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष सन्तोष साहले बताए ।
राष्ट्र बैंकले मौद्रिक नीति नसच्याए आफुहरुको चरणबद्ध आन्दोलन जारी रहने पनि उनले जनाए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया