NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

राष्ट्र बैंकले ‘सम्पत्ति सुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति सुद्धीकरण निवारण सुपरिवेक्ष महाशाखा थप्ने भएको छ । बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण सुरिवेक्षण महाशाखा स्थापना हुन लागेको राष्ट बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त महाशाखा पुस १ गतेबाट प्रारम्भ हुने  छ ।

सम्पत्ति सुद्धीकरण तथा आतङकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नको लागि यस महाशाखाको स्थापना गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।