डिभोर्सपछि पूर्वपत्नीसँग कार्यालयमा पूजामा देखिए आमिर
एजेन्सी । बलिउड अभिनेता आमिर खान पूर्व पत्नी किरण राओसँग एकसाथ पूजा गर्दै गरेको अवस्थामा देखिएका छन् ।
सामान्यतया सम्बन्ध विच्छेदपछि दम्पतिलाई एकसाथ विरलै देखिन्छ । आमिर र किरण भने कार्यालयमा भएको पूजामा एकसाथ सरिक भएका हुन् ।
उनीहरूसँगै आमिरका छोरा जुनैद र कार्यालयका अन्य सदस्य पनि पूजामा सहभागी भएका थिए ।
आमिर र किरणले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए । १५ वर्ष लामो वैवाहिक सहकार्यलाई उनीहरूले आपसी समझदारीमा टुंगाएका हुन् । यद्यपी उनीहरूले छोरा आजाद राओ खानलाई दुवै मिलेर हुर्काउने र छुट्टि मनाउनेबारे सहमति गरेका छन् ।
आमिरले केही समयअघिमात्रै परिवारसँग समय बिताउने भन्दै केही समय फिल्ममा काम नगर्नेबारे पनि घोषणा गरिसकेका छन् । ३५ वर्ष लगातार काम गरेका आमिरले केही समय ‘ब्रेक’ लिने निर्णय गरेका हुन् ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया