हेटौंडामा चार महिनामा ४ सय ९४ उजुरी
बागमती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षको चार महिनामा चार सय ९४ भ्रष्टाचार तथा अनिमियता सम्बन्धी उजरी दर्ता भएको छ ।
सो अवधिमा दर्ता भएका उजुरीमध्ये एक सय ९० उजुरी फछ्र्योट भइसकेको जानकारी गराइएको छ । भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तक्र्रियामा त्यस्तो तथ्य जानकारी गराइएको हो ।
बाराको एक सय ३२, पर्साको एक सय २०, रौतहट ८८, मकवानपुर ८९, चितवन ४३, धादिङ १४, दोलखा तीन, रामेछाप र काभे्रपलाञ्चोकको एकरएक र रसुवाको तीन उजुरी परेको छ भने नुवाकोटबाट कुनै उजुरी परेको छैन ।
गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको चार महिनाको कूल उजुरी सङ्ख्या नौ सय ६२ रहेको छ । यी उजुरीमध्ये दुई सय ८१ वटा उजुरी फछ्र्योट भइसकेको प्रस्तुत विवरणमा उल्लेख गरिएको छ ।
उपलब्ध विवरणमा गैरकानुनी लाभका एक सय २७, राजश्व हिनामिनाका २८, सार्वजनिक खरिद निर्माणका एक सय ५७, विविधतर्फ ८५, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी तीन र गैरकानुनी सम्पत्तीसम्बन्धी चार उजुरी रहेको कार्यालयका वरिष्ठ इन्जिनियर मोहदत्त भट्टले जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव विनोद भट्राईले देशमा सुशासन कायम गर्न र आर्थिक अनियमितता रोक्नका लागि सरकारका सम्पूर्ण निकाय गम्भिरतापूर्वक लाग्नुपर्ने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव शङ्कर पण्डितले आफ्नो मन्त्रालयअन्तर्गत दुई सय ४५ वटा योजना भए पनि कर्मचारी समस्याले काम गर्न अप्ठ्यारो परेको बताउँदै दक्ष जनशक्तीको अभावमा विकास निर्माणको काम अगाडि बढाउन समस्या भएको गुनासो गरे ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले तीन तहका सरकारले आ–आफ्नोतर्फबाट सुशासन कायम गर्न इमान्दारीता लाग्नुपर्ने बताए । आयोगका हेटौंडा प्रमुख नरहरी घिमिरेले इमान्दारिता तथा न्यायपूर्वक काम गर्न सके भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया