NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अन्तर बैक क्रिकेट प्रतियोगिताको ट्रफी कृषि विकास बैंकलाई

काठमाडाैं । अन्तर बैक प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता शनिवार (मंसिर २४ गते) जनकपुरधाममा सम्पन्न भएको छ । तीन दिन चलेको उक्त प्रतियोगितामा विभिन्न बैकबाट प्रतिष्पर्धीहरुको सहभागिता रहेको थियो । शनिवार सम्पन्न फाइनल खेलमा सिभिल बैकलाई हराउँदै कृषि विकास बैक विजेता भएको छ ।

विजेता कृषि विकास बैकले १२ ओभरमा ६ विकेट गुमाउँदै ९२ रन बनाउँदा प्रतिद्वन्दी सिभिल बैकले १२ ओभरमा १० विकेट गुमाउँदै ७० रन बनाएको थियो । नेपाल राष्ट्र बैक कर्मचारी संघ, जनकपुर समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सिभिल बैकका सुनिलकुमार यादवले बेस्ट ब्याट्स्म्यानको उपाधि पाएका थिए भने कृषि विकास बैकका निरजकुमार तिवारीले बेस्ट बलरको उपाधि पाएका थिए ।

त्यस्तै म्यान अफ द टुर्नामेन्ट सिभिल बैकका राजनकुमार साह भएका थिए । शौरभकुमार झा क्याप्टेन रहेको बिजेता कृषि विकास बैक लि. का अन्य खेलाडीहरुमा प्रशान्त राय,प्रबिण पौडेल, सागर उपाध्याय, प्रबिण झा, निरज तिवारी, सुशान्त द्विबेदी, कृष्णप्रसाद साह, जितेन्द्र पाशवान, गौतम झा, अभिषेक राय, कृष्णराज साह तथा मनिषकुमार चौधरी रहेका थिए । खेल समापन पश्चात आयोजित कार्यक्रममा आयोजकका तर्फबाट रुद्र तिमल्सिना त्था सियाराम यादवले बिजेता कृषि विकास बैक तथा उपबिजेता सिभिल बैकलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कृषि विकास बैक लि।मधेश प्रदेश कार्यालयका निर्देशक नवीन पाखृनले बिजेता खेलाडीहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गरेका थिए ।