हेटौँडामा तरकारी बजार उद्घाटन
बागमती । मकवानपुरको हेटौडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ ।
हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानीयाँले उद्घाटन गरेका हुन् । सो तरकारी बजारमा ३३ थोक र एक सय छ खुद्रा पसल कक्ष निर्माण गरिएको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ हेटौडाले जनाएको छ ।
संघ र उपमहानगरपालिकाको लगानीमा सो बजारको निमार्ण गरिएको संघका सह–सचिव मजोज साहले जानकरी दिए । बसपार्कमा रहेका एक सय ६ व्यवसायीबाट रु दुई लाख ५० हजार तथा उपमहानगरपालिबाट ३३ लाख गरी कूल ३५ लाख ५० हजारको लागतमा सो बजार भवनको निमार्ण भएको सह–सचिव साहले भने । सो अवसरमा नगरप्रमुख लामाले हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थित बनाउन सबैको सहयोगको खाँचो रहेको बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया