हेटौँडामा तरकारी बजार उद्घाटन
बागमती । मकवानपुरको हेटौडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ ।
हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानीयाँले उद्घाटन गरेका हुन् । सो तरकारी बजारमा ३३ थोक र एक सय छ खुद्रा पसल कक्ष निर्माण गरिएको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ हेटौडाले जनाएको छ ।
संघ र उपमहानगरपालिकाको लगानीमा सो बजारको निमार्ण गरिएको संघका सह–सचिव मजोज साहले जानकरी दिए । बसपार्कमा रहेका एक सय ६ व्यवसायीबाट रु दुई लाख ५० हजार तथा उपमहानगरपालिबाट ३३ लाख गरी कूल ३५ लाख ५० हजारको लागतमा सो बजार भवनको निमार्ण भएको सह–सचिव साहले भने । सो अवसरमा नगरप्रमुख लामाले हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थित बनाउन सबैको सहयोगको खाँचो रहेको बताए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया