एसियन हाइड्रोपावरको आइपिओ खुला
काठमाडाैं । एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) आज (मंसिर २७) देखि बिक्री खुला भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले निष्कासन गर्न लागेको ३४ करोड रुपैयाँको ३ करोड ४० लाख कित्ता सेयरमा आयोजना प्रभावित ईलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका–३ र ४ तथा सूर्योदय नगरपालिका–११ का स्थानीय बासिन्दाले १ लाख ३६ हजार कित्ता र ईलाम जिल्लामा रहेका अन्य वासिन्दाले २ लाख ४ हजार कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले ८४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँका दरले १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीयले भने पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।
स्थानीयले एनएमबि बैंकको ईलाम शाखा, सिभिल बैंक माईजोगमाई शाखा ,प्राइम कमर्सियल बैंकको बिब्लाटे शाखा, ग्लोबल आइएमई बैंक को फिक्कललमा रहेको शाखाबाट आवेदन दिन सकिने छ ।
विदेशमा रहेका आवेदकले भने सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया